बलरामा ७४ जना मुस्लिम बालबालिकालाई स्कुल ब्याग वितरण

newsdesk

सर्लाही, बलरा । बलरा नगरपालिका वडा नं. ८ गडहियास्थित मुस्लिम समुदायका बालबालिकाहरूले अध्ययन गरिरहेको मदरसामा आज विशेष कार्यक्रमबीच ७४ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ।

शिक्षा प्रेमी तथा युवा नेता समेत रहनुभएका बलरा नगरपालिका प्रमुख रामाशंकर प्रसाद कुशवाहा ज्यूको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ती स्कुल ब्यागहरू वितरण गरिएका हुन्।

बालबालिकाहरूको शिक्षा प्रतिको पहुँच सहज बनाउने उद्देश्यले गरिएको यस प्रकारको सहयोगप्रति स्थानीय अभिभावक र विद्यालय व्यवस्थापन समितिले धन्यवाद व्यक्त गरेका छन्।

मेयर कुशवाहाले कार्यक्रममा बोल्दै शिक्षा नै समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै समुदायका सबै बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच गराउन नगरपालिकाले निरन्तर प्रयत्न गरिरहेको बताए।


प्रतिक्रिया