जिन्शी शाखा प्रमुख राधेश्याम यादव, प्राविधिक शाखा प्रमुख रमेश प्रसाद यादव, शिक्षा शाखा प्रमुख प्रमोद कुमार यादव, योजना शाखा प्रमुख राजेश कुमार यादव, प्रशासन शाखा प्रमुख (ज्येष्ठ कर्मचारी) भिखारी राउत, सूचना प्रविधि अधिकृत अरविन्द कुमार साह तथा कार्यालय सहायक घनश्याम बैठा पनि सम्मानित भएका छन्।
सर्लाही,गोडैता नगरपालिकाको १२औँ नगरसभाअन्तर्गत सम्पन्न बन्द सत्रबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत रूपमा पारित गरिएको छ। नगरपालिकाका अनुसार ६४ जना नगरसभा सदस्यले हस्ताक्षर गर्दै बजेट अनुमोदन गरेका हुन्।
बन्द सत्रको अवसरमा कार्यसम्पादन, अनुशासन तथा सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नगरपालिकाका अधिकृत छैठो जयराम दास लाई उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको छ।
त्यसैगरी जिन्सी शाखा प्रमुख राधेश्याम यादव, प्राविधिक शाखा प्रमुख रमेश प्रसाद यादव, शिक्षा शाखा प्रमुख प्रमोद कुमार यादव, योजना शाखा प्रमुख राजेश कुमार यादव, प्रशासन शाखा प्रमुख (ज्येष्ठ कर्मचारी) भिखारी राउत, सूचना प्रविधि अधिकृत अरविन्द कुमार साह तथा कार्यालय सहायक घनश्याम बैठा पनि सम्मानित भएका छन्।
सम्मानित कर्मचारीहरूलाई नगर प्रमुख देवेन्द्र यादव, उपप्रमुख अञ्जना कुशवाहा तथा प्रमुख प्रशासकीय अधिकृत हेमबहादुर कार्कीले संयुक्त रूपमा माला र गम्छा ओढाएर सम्मान गरेका थिए।
नगरसभा गोडैता नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो। नगरप्रमुख देवेन्द्र कुमार यादव ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बन्द सत्र सर्वसम्मत रूपमा सम्पन्न भएको बताएका छन्।
नगरप्रमुख यादवले आफ्नो पहिलो र दोस्रो कार्यकालका बन्द सत्रहरू विवादरहित र सर्वसम्मत रूपमा पारित भएकोमा खुसी व्यक्त गर्दै नगरका १२ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा सम्पूर्ण नगरसभा सदस्यप्रति धन्यवाद व्यक्त गरेका छन्।
नगरपालिकाले सर्वसम्मत रूपमा बजेट पारित हुनु नगरभित्र सहकार्य, समन्वय र सकारात्मक कार्यसंस्कृतिको उदाहरण भएको जनाएको छ।
नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको सभाहलमा आयोजित नगरसभामा नगर प्रमुख देवेन्द्र यादवले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ७३ करोड बराबरको वार्षिक बजेट प्रस्तुत गरेका थिए। उक्त बजेट नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो।