धनकौल–१ रैकलमा खुल्ला व्यायामशाला तथा हेल्थ पार्कको उद्‌घाटन

trinetraexpress

सर्लाही — धनकौल गाउँपालिका–१ रैकलस्थित ऐतिहासिक रामजानकी मन्दिर परिसरमा निर्माण सम्पन्न भएको खुला व्यायामशाला तथा हेल्थ पार्कको आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति तथा पूर्व मन्त्री विरेन्द्र प्रसाद सिंहले रिबन काटी उद्घाटन गरेका हुन्। मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ४५ लाख रुपैयाँ लागतमा पर्खाल निर्माण, स्ट्रीट लाइट जडान, रामजानकी मन्दिरको मर्मत–सम्भार तथा रङ्गरोहन कार्य सम्पन्न भएको स्थानीय युवा नेता राजकुमार महतोले जानकारी दिए । 

उदघाटन कार्यक्रममा वडाध्यक्ष गौरीशंकर महतो, वडासभापति उपेन्द्र महतो, समाजसेवी मदन प्रसाद कुशवाहा, रामकिशोर ठाकुर, सन्जय महतो लगायत स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया