मुकुम्लुङ घट्नावारे साहित्यकार ताराबहादुर वुडाथोकी

संखुवासभा - केशरमान कुलुङ 

नेपाल वहुजाति, वहुभाषी र वहु धार्मिक समाजको भुमि  हो ।


यस्लाई मिलाएर लैजानु राज्यको दायित्व हो । अहिलेको विज्ञान प्रविधि र विश्व मानवको विकासको फड्कोलाई हेर्ने हो भने मुकुम्लुङमा केवुलकार वनाउने कुरा नकार्न सकिन्न । वर्तमानको आवश्यकता भनेको भावि पिडीको लागि विकास गर्नु हो अझ प्रस्ट भन्ने हो भने दिगो विकास भनेको पृथ्वीको स्रोत साधनलाई विनास नगरी गर्ने विकासनै दिगो विकास हो ।  हामी सबैले माथि टुप्पोमा भएको पाथीभरा माताको देवीलाई मान्छौ तर सिङ्गो लिम्वू समुदायले तल फेदवाट उठेको पहाडलाई नै मुकुमलुङ भन्ने गर्दछ र यसको अर्थ चाहिँ मुकुम भनेको लिम्वुहरुले शक्ति  वा वल मान्ने गर्दछ र लुङ भनेको चाहिँ ढुङ्गा हो ।  उहाँहरुको आन्दोलन भनेको पुरै अन्नले  भरिएको पाथी जस्तो पाथीभरा पहाडकैे संरक्षण गर्न लागेकाे र यो आन्दोलन साँस्कृतिक सभ्यता वचाउ गर्ने वुझिन्छ ।  पर्यटन विकास भनेको फुत्त टाउकोमा पुग्नु होइन पहाडको फेदिवाटै जोडिनु पदर्छ जो सदियौँ देखि त्यो पहाडलाई आस्था र माया गरी अमेरिका,जापान,कोरिया नगई रुगेर वसेका छन् उनीहरुको पेट काटेर वा टाउको टेकेर विकास गर्नु भनेको त्यहाँको भुमिपुत्रहरुको अधिकार खोसिनु हो । तर पर्यटकहरुले त्यहाँको प्राकृतिक आनन्द पनि लिन पाउनु पर्छ भन्ने कुरा पनि जोड्न चाहेको छु, पर्यटकहरुले पनि पहाडको फेदवाट जंगली जनवार तथा कोइली र सयौँ प्रजातिका पंक्षिहरुको सुस्केरा,२७ प्रजातिका गुराँसको आनन्द र पहाडको ढिस्कोहरुसंग लुकामारी गर्दै जादा अझ आनन्द मिल्ला कि कसो ? केवलकार बन्दा एक दुई जनाले लाभ लिन सक्ला तर विकास भनेकाे समग्र जनताको लागि हुनु पर्छ त्यसो भएको हुनाले केवुलकार वन्न पहिला नै त्यहाँको जनता संग स्थानीय सरकारले राम्रो पहल गर्न आवश्यक थियो त्यही पहल र समन्वय गर्न नसक्नुको उपज हो आजको आन्दोलन ।


प्रतिक्रिया