खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

newsdesk

कपिलवस्तु, मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका कपिलवस्तु कृष्णनगर नगरपालिका–१ का क्रिकेट खेलाडी रौनक श्रीवास्तवलाई गृह वडामा भव्य स्वागत तथा सम्मान गरिएको छ।

समाजसेवी तथा प्रदेशसभा सदस्य पदका सम्भावित उम्मेदवार राहुल पाण्डेयको नेतृत्वमा आज कृष्णनगर–१ स्थित मडहामा आयोजित कार्यक्रममा रौनकलाई स्वागत गरिनुका साथै सम्मानपत्र प्रदान गरिएको हो।

रौनक श्रीवास्तव एसीसी यू–१६ इस्ट जोन कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले प्रतियोगिता अवधिभर एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएर नेपाललाई उपाधि जिताउन निर्णायक योगदान दिएका थिए।

कार्यक्रममा बोल्दै राहुल पाण्डेयले भने, “रौनक हाम्रो गर्व हो। उनले हाम्रो गाउँ, नगरपालिका, जिल्ला हुँदै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेका छन्। यस्तो होनहार खेलाडीप्रति हाम्रो कर्तव्य हो, उसको हौसला बढाउने।”

सो अवसरमा सतेन्द्र चतुर्वेदी, विरेन्द्र शर्मा, संजय यादव, अनुराग मौर्य, राकेश गुप्ता, अयोध्या प्रसाद चौधरी, मनोज ओझा, गोविन्द चौधरी, राम किशोर यादवलगायत वडा नं १ का स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो।


प्रतिक्रिया