नेपाली कांग्रेस बलरा नगर सभापतिमा सञ्जीव कुमार सिंह सर्वसम्मत चयन

trinetraexpress


सर्लाही, नेपाली कांग्रेसको बलरा नगर सभापतिमा डुमरिया निवासी सञ्जीव कुमार सिंह सर्वसम्मत चयन भएका छन्।

सर्लाहीको बलरा नगरपालिका–७ मा आयोजित पार्टीको अधिवेशनबाट सिंह नगर सभापतिमा सर्वसम्मत चयन भएका हुन्।

अधिवेशनमा नेपाली कांग्रेसका जिल्ला सहसंयोजक ललन राय, नेता डा. राजेश्वर सिंहलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सिंह नगर सभापतिमा सर्वसम्मत चयन भएपछि उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। उनको नेतृत्वमा बलरा नगरपालिकामा पार्टीको संगठन थप सुदृढ हुने तथा पार्टीका गतिविधि प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी जिल्ला सहसंयोजक राय, नेता डा. सिंहलगायत सम्पूर्ण नेता तथा कार्यकर्ताहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया