बलरा–८ गडहियामा जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

newsdesk

सर्लाही, बलरा — जनमत पार्टी बलरा नगरपालिका–८ गडहियामा आयोजित एक विशेष पार्टी प्रवेश कार्यक्रममार्फत १०० भन्दा बढी व्यक्ति नेपाली कांग्रेस परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन्।

लालकिशोर पासवानको नेतृत्वमा स्थानीय दर्जनौँ कार्यकर्ता तथा समर्थकहरूले पार्टी परित्याग गर्दै जनमत पार्टी रोजेका हुन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका सर्लाही जिल्ला इञ्चार्ज श्रीचन यादवले नवप्रवेशीहरूलाई स्वागत गर्दै जनमत पार्टीको नीति, विचार र संघर्षमा दृढ रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतिक्रिया