सर्लाही — रामनगर गाउँपालिका–३ का वडा अध्यक्ष अजय यादवले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गराएका छन्।
उहाँले कुमारी बैंकको खाताबाट मोबाईल बैकिंगको माध्यमबाट २२ हजार ७ सय ७५ रुपिया कोषमा जम्मा गरेका छन ।
विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्न जनप्रतिनिधिले समेत आफ्नो तर्फबाट योगदान गर्नुपर्ने आवश्यकता रहेको बताउँदै वडा अध्यक्ष यादवले उक्त रकम राहत कोषमा जम्मा गरेको बताएका छन ।
वडा अध्यक्ष यादवको यो कदमले विपद् प्रभावित नागरिकप्रति जनप्रतिनिधिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
उनले आगामी दिनमा पनि विपद् तथा समस्यामा परेका नागरिकको सहयोगका लागि आफू निरन्तर सक्रिय रहने वडाअध्यक्ष यादवले प्रतिबद्धता व्यक्त गरे ।
एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने वडा अध्यक्ष यादवको निर्णयलाई स्थानीय स्तरमा सकारात्मक र उदाहरणीय कदमका रूपमा हेरिएको छ।