विद्यापति स्मृति दिवसमा महन्थ ठाकुर र मुख्यमन्त्री सोनलको सहभागिता

trinetraexpress

जनकपुरधाम। मिथिलाको गौरव तथा महाकवि कोकिल बाबा विद्यापतिको सम्झनामा जनकपुरधाममा आयोजना हुने महाकवि कोकिल बाबा विद्यापति स्मृति दिवस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।

आयोजक समितिका अनुसार सो कार्यक्रम सोमबार बिहान ९:३० बजे जनकपुरधाम–४, मुरलीसरस्थित विद्यापति चौकमा आयोजना हुनेछ।

उक्त अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय अध्यक्ष मा. श्री महन्थ ठाकुर प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन् भने मधेश प्रदेशका मुख्यमन्त्री मा. श्री जिनेन्द्र सोनल विशिष्ट अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

कार्यक्रम अन्तर्गत विद्यापति स्मारकमा माल्यार्पण र दीप प्रज्वलन गरिनेछ। त्यसपछि माँ दुर्गा मन्दिर प्राङ्गणमा कवि गोष्ठी समेत आयोजना गरिने कार्यक्रम तालिका रहेको छ।

आयोजक समितिका कार्यक्रम संयाेजक त्रिदेव मिश्रा भनेका छन्, “विद्यापति स्मृति दिवस मिथिला सभ्यता र भाषिक–सांस्कृतिक गौरवको प्रतीक हो, यसलाई निरन्तरता दिनु हाम्रो दायित्व हो।”

साहित्यकार, कवि, शिक्षाविद् र समाजसेवीहरू समेतको उपस्थितिले यो दिवसलाई भव्य बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया