सर्लाही । सन्त रघुनाथ–पार्वती कुशवाहा स्मृति प्रतिष्ठान हरिवन–३, धारटोलको आयोजनामा उद्घाटन, कवितावाचन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष श्री हरिदेव महतोको अध्यक्षतामा तथा मधेश प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री माननीय जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा हरिवन नगरपालिकाका नगर प्रमुख श्री कमल बुढाथोकी, उपप्रमुख श्रीमती हरिमाया घलान, कुशवाहा कल्याण समाजका केन्द्रीय कोषाध्यक्ष अरुण महतो, सदस्य रामचन्द्र सिंह कुशवाहा र भरतलाल महतो, किस नेपालका केन्द्रीय महासचिव पुण्यलाल महतो, उपमहासचिव डा. आलोक कुशवाहा तथा सदस्य मनोज कुशवाहा उपस्थित हुनुहुन्थ्यो। साथै अतिथिका रूपमा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष भावशिरोमणि रामचन्द्र महतो, नेपाल कुशवाहा कल्याण समाज सर्लाहीका अध्यक्ष लछुमण महतो, सचिव वीरेन्द्र कुशवाहा, किस नेपाल सर्लाहीका अध्यक्ष रामविश्वास कुशवाहा, सचिव जवाहरलाल महतो, सहसचिव जितेन्द्र कुशवाहा लगायत समाजका भद्रभलाद्मी तथा प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कविहरूले कुशवाहा धर्मशाला धारटोलको निर्माणका लागि जग्गा दान गर्नुहुने सन्त स्वर्गीय रघुनाथ महतो तथा स्वर्गीय पार्वती देवीको जीवन, योगदान र समाजसेवामाथि केन्द्रित कविता वाचन गर्नुभएको थियो। वक्ताहरूले समाजमा विद्यमान विसंगति र विकृतिहरूको अन्त्य गर्दै सकारात्मक परिवर्तनका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा विभिन्न सामाजिक कार्यमा योगदान पुर्याउने व्यक्तित्वहरू तथा कविहरूलाई टोकन अफ लभ प्रदान गर्दै दोसल्ला ओढाई सम्मान गरिएको थियो। साथै स्मृति प्रतिष्ठानको आयोजना तथा दर्ता प्रक्रियामा प्रमुख भूमिका निर्वाह गर्नुभएका प्रतिष्ठानका सचिव तथा कुशवाहा बुद्धिजीवी सेवा समाज जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष श्री रामविश्वास कुशवाहालाई विशेष बधाई तथा सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रमको सञ्चालन नेपाल कुशवाहा कल्याण समाज सर्लाहीका जिल्ला सचिव श्री वीरेन्द्र कुशवाहाले गर्नुभएको थियो।