मलंगवा, सर्लाही – घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको नव निर्मित भवनको आज (आइतबार) मलंगवा नगरपालिका–२ मा एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।
मधेश प्रदेशका उद्योग वाणिाज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले शिलालेख अनावरण गरि गर्नुभयाे
आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सम्पन्न भवन निर्माणका लागि कुल एक करोड तेह्रतरि लाख अठार हजार पाँच सय छब्बिस रुपैयाँ बजेट विनियोजन भएकोमा एक करोड चौंसठी लाख सत्ताइस हजार एक सय सत्तासी रुपैयाँ (भ्याटसहित) खर्च भएको कार्यालयले जनाएको छ।
भवन निर्माण कार्य हेम सावित्री जेभी, जनकपुर–७ ले सम्पन्न गरेको हो। यसका लागि रामकबिर मठले दुई कठा जग्गा प्रदान गरेको थियो। निर्माण सम्झौता २०७८ साल छ महिना १३ गते भएको थियो भने निर्माण कार्य २०८२ साल असार १५ गते सम्पन्न भएको हो।
उदघाटन कार्यक्रममा बोल्दै उधोग वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले घरेलु तथा साना उधोग कार्यालय विगतमा जस्तै उधोग प्रबर्द्धन तथा विकासमा उल्लेखनीय भुमिका निर्वाह गर्न तथा नयाँ भवनले सेवा प्रवाहलाई आधुनिक, सरल, प्रभावकारी, सर्वसुलभ प्रभावकारी बनाउने मन्त्री ले विश्वास व्यक्त गरे ।
घरेलु कार्यालय यस अघि भाडाको घरमा संचालन हुँदै कार्यालय प्रमुख सन्जिप कुमार दुबेले जानकारी दिए ।
२-४ बर्षमा भाडाको भवन सार्दा सर्वसाधारण घरेलु कार्यालय कहाँ हो भने पता लगाउनैमे समस्या तथा सास्ती खेप्नुपरेको अवस्था थियो । नयाँ भवन सन्चालनमा आएपछि कार्यालयबाट प्रवाह हुने सेवामा पारदर्शिता, सहज र कार्यसम्पादनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा कार्यालयका अधिकारी, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यापारी तथा सर्वसाधारणको उपस्थिती थियो। आयोजकका रुपमा घरेलु तथा साना उद्योग कार्यालय सर्लाही, मलंगवाले कार्यक्रम सञ्चालन गरेको हो।