भारतका कृषि मन्त्री तथा पूर्व मध्यप्रदेश मुख्यमन्त्री शिवराज सिंह चौहानसँग भेटघाट

newsdesk

बलरा । भारत सरकारका कृषि मन्त्री तथा पूर्व मध्यप्रदेश मुख्यमन्त्री मा. शिवराज सिंह चौहानसँग सामाजिक अभियन्ता उदयकान्त झा ( बलरा ) ले भेटघाट गर्नुभएको छ।

भेटका क्रममा सांस्कृतिक, सामाजिक, धार्मिक, कृषि तथा शिक्षा क्षेत्रमा आपसी सहयोग र आदान–प्रदानबारे गहन छलफल भएको बताइएको छ।

झाका अनुसार, तराई–मधेस कृषि प्रधान क्षेत्र भएकाले नेपालको कृषि क्षेत्रको विकास, प्रविधि आदान–प्रदान तथा भारतसँग सम्भावित सहयोगका विषयमा पनि विशेष चर्चा भएको छ।


प्रतिक्रिया