आज लालबन्दीमा नवनिर्मित निर्मल लामा स्मृति प्रतिष्ठानको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा निर्मल प्रतिष्ठानका केन्द्रीय अध्यक्ष क. लिलामणी पोखरेल र केन्द्रीय सदस्य तथा स्कुल विभाग समितिका उपसचिव क. गंगाराम श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।
कार्यक्रमअन्तर्गत पार्टीका जिल्ला भरिका अगुवाहरू र कार्यकर्तालाई पार्टीको प्रशासनिक तथा संगठनात्मक कार्यशालामा प्रशिक्षण प्रदान गरिएको थियो।
३२ साउन २०८२, आईतबार ०८:५३ मा प्रकाशित