गोडैता, सर्लाही ।। सर्लाहीको गोडैता नगरपालिका–६ बगदह निवासी किसान सुनिल कुमार सिंहको उखु खेतमा आगलागी हुँदा करिब ३५ कट्ठा क्षेत्रफलमा लगाइएको उखु बाली पूर्ण रूपमा नष्ट भएको छ।
हिजो स्थानीय चन्द्रकिशोर महतोले आफ्नै उखु खेतको परालमा आगो लगाउने क्रममा छिमेकी सिंहको उखु खेतमा आगो सल्किँदा आगलागी भएको पीडित किसान सुनिल सिंहले जानकारी दिएका छन्।
बर्षभरीको मेहनतसहितको बाली जलेर नष्ट भएपछि गम्भीर आर्थिक क्षति भएको बताउँदै पीडित सिंहले सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गरेका छन्। साथै, आगलागी गराउने व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्।
उक्त घटनाका विषयमा आवश्यक न्यायका लागि सम्बन्धित निकायमा औपचारिक उजुरी दर्ता गरिने पीडितले बताएका छन्।
७ माघ २०८२, बुधबार ०२:४९ मा प्रकाशित