सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन सदस्य नियुक्त

trinetraexpress



काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको छ।


मन्त्रालयले अस्पताल विकास समितिको अध्यक्षमा भीमकान्त लामिछाने तथा सदस्यमा मधु न्यौपाने र सञ्जय पाण्डेलाई नियुक्त गरेको हो।


नवनियुक्त अध्यक्ष लामिछाने तथा सदस्य न्यौपाने र पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।


मन्त्रालयका अनुसार नवनियुक्त पदाधिकारीले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा अस्पतालको संस्थागत विकासमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया