सर्लाहीमा सीमा तस्करीको स्वरूप फेरियो, रातिको समयमा बढ्यो अवैध ओसारपसार

trinetraexpress

सर्लाही, ३१ भदौं । भारत संग जोडिएका सर्लाहीको सीमावर्ती क्षेत्रहरुबाट चोर नाकाहरुबाट राजस्व छलेर ओसार पसारको अबैध कारोवार निर्वाध रुपमा जारी रहेका छन् ।

भारतीय बजारबाट दैनिक उपभोग्यका खाद्यान्न देखि लिएर, कपडा, रेडिमेट कपडाहरु, हार्डवेयरका सामानहरुको साथै नेपालमा प्रतिबन्ध रहेका बचवा माछा लगायतका सामानहरु निर्वाध रुपमा राजस्व छली गरेर भित्रने गरेका हुन् ।

यस्तै नेपालबाट मदिरा, अखरोट, चाइनिज स्याउ, किसमिस, इलेक्ट्रीक चुरोट भेप, विदेशी मकैको दाना, फर्सीको सिड, लागुऔषध गाँजा निर्वाध रुपमा भारत तर्फ गइरहेका छन् ।

त्यती मात्रै नभई दैनिक रुपमा पशुचौपायामा दुधारे भैंसी, राँगा, पाटाका समेत भारतबाट नेपाल आउने गरेको स्थानीय श्रोतले बताउछन् ।

बलरा नगरपालिका क्षेत्रबाट

राजदेवी नगरपालिका ६ वागमती पारी सर्लाही तर्फको सेढवा छनकी भएर दर्जनौं बाईकमा मदिरा, भेप तथा पारीबाट कपडा, किरानाको सामानहरु सहित नेपालमा प्रतिबन्ध रहेका बचवा माछा भित्रयाउने क्रम यतिखेर बढेका छन् ।

उक्त कार्यमा विओपी छतौनाका सशस्त्र प्रहरी निरीक्षक रबीन कार्की र प्रहरी चौकी छनकीका प्रसनी नागेन्द्र बैठाको सेटिंगमा अबैध कारोवारको ठूलो तस्करी दैनिक रुपमा संचालन भईरहेको बताइन्छ । खास गरेर रातिको समयमा यस्ता कारोबरहरु संचालमा रहेका छन् ।

बलरा नगरपालिकाको विवेक सिंहले आफनै घरमा भण्डारण गरेर ६ जना भारतीय भरियाहरुको माध्यमबाट बाईकमा राखेर मदिराको तस्करी गर्दै आएको छ । बलरा नपा २ का शम्भु साहले नगरपालिका छेउमै गौतम कोल्ड स्टोर्स संचालन गरेर अबैध कारोवार संचालन गर्दै आएको स्थानीय श्रोतले तराई टप लाई बतायो ।

सेढवाका अशोक साहले आफनै माध्यमबाट दुई पिकअप मदिरा बाँधको बाटो भएर सीमावर्ती क्षेत्रमा भण्डारण गरेर भारत तर्फ पठाउने गरेका छन् उक्त कार्यमा विओपी छतौना, प्रहरी चौकी छनकीको सेटिंग रहेको बुझिएको छ ।

सग्राम्पुर भएर सरोज, हिरण, गणेश तथा नारायणपुर क्षेत्रबाट धिरज यादव कुखुरा र पर्साबाट सद्दाम सहितका दर्जनौं कारोवारीहरु प्रतिबन्धित कुखुरा, चल्ला, कपडा, किराना सामान सहित बहुमूल्य सामानहरुको विओपी सग्राम्पुर र पर्साबाट लाईन लिएर संचालन गर्दै आएको ति श्रोतले बतायो ।

यसैगरी सीमरा, वारा उधोरण, भाडसर लगायतका नाकाहरुबाट रातिको समयमा राजस्व छलीको कारोवार ह्वातै रुपमा बढेका छन् । स्थानीय स्रोतका अनुसार उक्त नाकाबाट लामो समयदेखि विभिन्न सामानको अवैध ओसारपसार भइरहेको र यसमा केही व्यक्तिहरू सक्रिय रहेको दाबी गरिएको छ ।

तस्करीमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूमा रौशन यादव, हिरालाल साह, बृजकिशोर यादव, ओम साह र मनोज कापर रहेको बताइएको छ ।

दिउसोको समयमा भईरहेको राजस्व छलीको कारोवार सम्बन्धमा धेरै गुनासोहरु बढेपछि सर्लाही सहित रौतहटमा पनि तस्करीको स्वरुप परिवर्तन भई रातिको समयमा कारोवार जारी रहेको छ ।

सशस्त्र प्रहरीको चोभारमा दरबन्दी भएका सशस्त्र प्रहरी सहायक निरीक्षक अनिल सिंह अहिले डिआजीको घुमुवा बनेर पर्सा, बारा, रौतहटको जिम्मेवारी पाएको श्रोतको दाबी छ । मधेश प्रदेशको नेतृत्व लिएर आएपछि प्रमुखले प्रसनी सिंहलाई घुमुवाको रुपमा परिचालन गरिएको छ ।

विओपी सग्राम्पुरका वरिष्ठ हवलदार गंगाराम भाट र १० नम्वर गणका वरिष्ठ हवलदार नवराज उपाध्यायले सहितका केही जुनियर कर्मचारीहरुलाई सीमा क्षेत्रबाट अबैध रकम संकलनको जिम्मेवारी पाएको ति श्रोतको दाबी रहेपनि उक्त कुराको आधिकारिक पुष्टि हुन बाँकी रहेको बताइएको छ ।

स्रोत (नोटः स्थानीय बासिन्दाहरुले तराई टप लाई उपलब्ध गराएको तस्वीर तथा सहकार्यमा तयार पारिएका समाचार हो)

प्रतिक्रिया