रौतहट, १९ जेठ । रौतहट सदरमुकाम गौर स्थित रहेका प्रादेशिक अस्पतालको हाता भित्र संचालित चमेना गृह ९क्यान्टिन० मा विरामीको कुरुवाालाई बासी खाना खुवाएको रहस्य बाहिरिएका छन ।
प्रादेशिक अस्पताल गौरमा यमुनामाई गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष सीताराम यादवले काका रामस्वरुप यादवको पिसाव थैलीमा समस्या आएपछि आईतवार राति भर्ना गराएर आफू कुरुवाको रुपमा बसेका थिए ।
हिजो सोमवार विहान उक्त चमेना गृहमा खानाको अर्डर गरेर खाना खान बसेका थिए । सुरुमा खाना राम्रो दिएपनि थप खानामा बासी भात सहितको तरकारीहरु दिएको वडाध्यक्ष यादवले गम्भीर आरोप लगाए । बासी खाना मुखमा राख्ने वित्तिकै गन्हाएपछि चमेना गृहमा रहेका कामदारलाई भन्दा यहाँ यस्तै खाना हो, तर कुरा अघि बढ्न थालेपछि गल्ति स्वीकार गरे ।
तर वडाध्यक्ष यादवका अनुसार आफू जस्ता व्यक्तिलाई बासी खाना खुवाउने त्यसमा पनि प्रादेशिक अस्पताल परिसरमा अन्य विरामी वा कुरुवालाई कस्तो खाना खुवाउदै गरेको होला कल्पना गर्न सकिदैनन । यस्ता खाना खुवाने चमेना गृह संचालकलाई कानुन बमोजिम कारवाही हुनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय गौरमा खवर गरेको बताए । प्रहरी संगै संचारकर्मीहरुलाई स्वयंम वडाध्यक्ष यादवले खवर गरेर यहाँका नागरिकहरुलाई सचेत गराउन समेत उलने आग्रह गरे ।
प्रहरी टोली उक्त चमेना गृहमा आएर आवश्यक मुचुल्का उठाएर काउण्टरमा बसेका कर्मचारीलाई नियन्त्रणमा लिई क्यान्टिनमा ताला लगायो ।
बासी खाना खुवाने चमेना गृह संचालन गर्न २०८१ साल असोज महिनामा सुनरजित गिरीले ठेक्का सकार गरेको बुझिएका छन् । नेपाल सरकारले प्रतिबन्ध लगाएको सेतो अंण्डा उक्त चमेना गृहमा भेटिएको तथा खानाहरु राख्ने अलिकति पनि सरसफाई नरहेको चेमनागृहलाई अस्पताल प्रशासनले निगरानी किन गरेन यतिखेर प्रश्न चिन्ह् खडा भएका हुन ।
यस विषयमा प्रादेशिक अस्पताल गौरका मेडिकल सुप्रिडेन्ट डा। मुरारी ठाकुरले चमेना गृहको बारेमा केही कुराहरु बाहिर आउन थालेपछि हिजो नै हामीहरु संचालकलाई बोलाएर सबै कुरा ठिक पार्न निर्देशन दिएपनि विरामीको कुरुवालाई बासी एवं दुषित खाना दिएकोमा आफू पनि गम्भीर भएको बताए । सम्झौता बमोजिम पालना नगरेको हुँदा उक्त फर्म र त्यसका संचालक विरुद्ध कानुन बमोजिम आवश्यक कारवाही गरिने उनले चेतावनी दिए ।
अस्पताल परिसरमा गुणस्तरिय, पोषणयुक्त तथा नेपाल सरकारको मापदण्ड अनुसारको खाना नास्ता खुवाउनका निमित्त उक्त क्वालिटीको चमेना गृह संचालन गराइएको भएपनि संचालकको नियत राम्रो नभएको हुँदा तिनी विरुद्ध अस्पताल प्रशासनले कारवाही प्रक्रिया अघि बढाउने स्पष्ट पारे ।
२० जेठ २०८२, मङ्गलबार ०३:०७ मा प्रकाशित