नेपाल नेत्रहीन संघ मधेस प्रदेशको नयाँ नेतृत्व चयन

newsdesk

बर्दिबास । नेपाल नेत्रहीन सङ्घ, प्रदेश कार्यसमिति मधेस प्रदेशको सातौं साधारण सभा एवं तेस्रो अधिवेशन हिजो बर्दिबासमा सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

निर्वाचनबाट अध्यक्षमा लक्ष्मीश्वर महत्व, उपाध्यक्षमा सर्वजित झा, महासचिवमा राजीव शाह, कोषाध्यक्षमा अन्जु धिताल र सचिवमा प्रीति कुमारी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यतर्फ सुधिर चौधरी, श्रीराम राय, नन्दु महत्व, छोटी शेर्पा, मनमाया तामाङ र शान्ति महरा निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा सहभागी प्रतिनिधिहरूले दृष्टिविहीन समुदायको अधिकार संरक्षण, शिक्षा, रोजगारी तथा समान अवसरको सुनिश्चितताका लागि नयाँ नेतृत्वले प्रभावकारी पहल गर्ने विश्वास व्यक्त गरेका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूले आफ्नो कार्यकाललाई सार्थक बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया