सर्लाही क्याम्पस प्रमुखमाथि झुठो मुद्दा: प्रहरीद्वारा अधिकारको दुरुपयोग र स्थानीयको आक्रोश

newsdesk

एसपी यादव यादव, मलंगवा। सर्लाही क्याम्पस मलंगवा सर्लाहीका प्रमुख राजेश कुमार यादवमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जेठ १९ गते सोमबार झुठा आरोपमा मुद्दा दर्ता गरी जेठ २० गते मंगलबार बिहान करिब १०:३० बजेको समयमा क्याम्पस गेट अगाडिबाट यादवलाई सादा पोसाकमा खटिएका प्रहरीहरुले नियन्त्रणमा लिएको हो । सर्लाही प्रहरीले अधिकारको चरम दुरुपयोग गरि उनिमाथि 'अपराधिक उपद्रव' को झुठा मुद्दा दर्ता गरेको सर्लाही क्याम्पस संचालक समितीका अध्यक्ष नागेश्वर रायद्वारा बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

क्याम्पसमा नियमित कार्यका लागि जाँदै गर्दा प्रहरीले गेट नजिकैबाट क्याम्पस प्रमुख यादवलाई पक्राउ गरी अनावश्यक रूपले हिरासतमा लिएको स्थानीयहरुले बताएका छन् । यस घटनालाई लिएर सर्लाहीको शैक्षिक क्षेत्र, नागरिक समाज तथा यादवका सहकर्मीहरू आक्रोशित भएका छन् । उनीहरूका अनुसार, प्रहरी प्रशासनले आफ्नो पद र पावरको चरम दुरुपयोग गर्दै एक निर्दोष शिक्षासेवीमाथि ठुलो अन्याय गरेको हो । 

क्याम्पस प्रमुख यादव लामो समयदेखि शिक्षण क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन् र सर्लाही क्याम्पस मलंगवाको प्रमुखको जिम्मेवारी बहन गरिरहेका छन् । उनको अस्वाभाविक गिरफ्तारीले प्रहरी प्रशासनको क्रियाकलापमाथि गम्भीर प्रश्न उठाएको छ । 

यस घटनाको छानबिन गरिनुपर्ने माग राख्दै सर्लाही क्याम्पसका प्राध्यापक, कर्मचारी, स्थानीय बौद्धिक वर्ग, शिक्षक संघ र विद्यार्थी संगठनलगायतले कडा विरोध जनाएका छन् । उनीहरूले दोषी प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै न्यायको पक्षमा एकजुटता देखाइरहेका छन् । विद्यार्थी संगठनले मंगलबार एक र्‍याली निकाल्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी क्याम्पस प्रमुख यादवको रिहाइको माग गर्दै दबाब सृजना गरेको थियो । 

क्याम्पस प्रमुख यादवलाई यथाशक्य चाँडो रिहा गरिनुपर्ने मागसहित जनस्तरबाट दबाब बढ्दो क्रममा रहेको छ । यदि तुरुन्त रिहा नगरिए आन्दोलन चर्काउने चेतावनीसमेत क्याम्पस संचालक समिती, विद्यार्थी संगठन र स्थानीय अधिकारकर्मीहरूले दिएका छन् । 

मलंगवा नगरपालिका- ०७ मुसैलीका विभिन्न राजनीति दलका प्रतिनिधि तथा स्थानीय वडाबासीहरुले वडा अध्यक्ष मो. इसा मिकरानिसंग आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा वडा नं. ०७ मा सञ्चालित वडा स्तरीय योजनाको खर्च विवरण तथा सो अवधिमा वडा कार्यालयमा कार्यरत रहेका कर्मचारीहरूको विवरण विगत देखिनै माग गर्दै आएका थिए । 

जसपा नेपालबाट वडा अध्यक्ष पदका उम्मेदवार बिबेक कुमार यादव र स्थानीय किसन कुमार यादवले जेठ ११ गते आइतबार राती करिब ९:३० बजे आफ्नै घर अगाडि बसि स्थानीयहरूसँग विवरण मागको विषयमा छलफल गरिरहेका थिए । छलफलकै क्रममा वर्तमान वडा अध्यक्ष मिकरानि र निजका छोराहरू क्रमशः ईमरान मिकरानि, रजा हुसेन र ईरफान मिकरानि लगायतले सुनियोजित रुपमा बिबेक कुमार यादव र अर्का स्थानीय किसन कुमार यादवमाथि भौतिक आक्रमण गरेका थिए । सो आक्रमणमा परी बिबेक कुमार यादवको देब्रे कानको जालि फुट्नुका साथै सो कानको सुन्ने क्षमता ३५.६ प्रतिशतले ह्रास भएको छ । भने किसन कुमार यादवको टाउको फुटी ६ वटा टाँका लगाउनु परेको छ । 

भौतिक कारबाहीमा परेका पीडितहरु न्याय पाउने आसमा रहेको तर जिल्ला प्रहरी कार्यालय सर्लाहीले पीडितहरूमाथि उल्टै झुठा मुद्दा दर्ता गरि थप पिडाको शिकार बनाएको हो । आर्थिक चलखेलमा पिडक वडा अध्यक्ष मिकरानिको तर्फबाट पीडितहरूविरुद्ध ‘अपराधिक उपद्रव’ मुद्दा दर्ता गराइएको छ । 

मुख्य कुरा के छ भने, सो घटनामा कुनैपनि संलग्नता नभएका सर्लाही क्याम्पस मलंगवाका प्रमुख तथा शिक्षाविद् राजेश कुमार यादवलाई समेत मुछिएको छ । राजनीतिक पूर्वाग्रह, व्यक्तिगत रिसिइवी तथा सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउने नियतले शिक्षण संस्था प्रमुखमाथि गरिएको यस्तो झुटो मुद्दा प्रति क्याम्पस संचालक समितिले घोर भत्सर्ना व्यक्त गरेको छ । साथै स्थानीय बौद्धिक तथा नागरिक समाज आक्रोशित बनेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवामा प्रहरी आतंकको शृङ्खला जारी रहेको छ । पक्राउ पुर्जी जारीनै नगरी सुनियोजित रुपमा पक्राउ गरिनुले सर्लाही प्रहरी नेतृत्व आफैमा चुकेको छ । साथै क्याम्पस संचालक समिती वा क्याम्पस प्रशासनलाई बिना जानकारी क्याम्पस प्रमुखलाई पक्राउ गरेकोले क्याम्पसको नियमित कामकाजमा अत्यधिक अबरोध पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

जिप्रका सर्लाही मलंगवाले दर्ता गरेको झुठा मुद्दाको विषयमा नेपाल प्रहरीका आईजिपि दिपक थापालाई प्रत्यक्ष फोन सम्पर्क गर्दा वहाँ अर्जेन्ट बैठकमा भएको कारणले आफ्नो पिएसंग कुरा गर्न सुझाए । आईजिपि थापाका पिए डिएसपी दिपक जिसिले भने, अनुसन्धानमा गलत नियत राखेर निर्दोषमाथि मुद्दा दर्ता गरेको छ, भने सो प्रहरी अधिकारीमाथि पनि मुद्दा लाग्ने र कारबाही हुने बताउदै उनले भने, मुलकी फौजदारी अपराध संहिताको दफा ९९ अनुसार बदनियतपुर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने उनले बताए । र साथै यस विषयमा तत्काल सर्लाहीको प्रहरी प्रमुखसंग बुझ्ने जनाए । 

कानुन बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी पाएको प्रहरी अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनु हुदैन । यदि यस्तो गरेको पाइएमा सो प्रहरी अधिकारीलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयासम्म जरिवाना वा दुबै सजाय हुने प्रावधान ऎनमा रहेको छ । 

सर्लाहीमा प्रहरीको आतंक र यस झुठा मुद्दा दर्ताको विषयमा मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदिलाई प्रत्यक्ष फोन सम्पर्क गर्दा उनले भने, सर्लाहीको प्रहरी प्रमुखलाई निष्पक्ष रुपमा तटस्थ भएर काम गर्न आदेश दिएको छु । यस विषयमा तत्काल थप बुझ्ने भन्दै वहाँले न्याय मर्दैन तसर्थ पिडितहरुलाई आफु कहाँ पठाउन उनले बताए ।

प्रतिक्रिया