सर्लाहीको क्षेत्र न. ४ मा संघिय सांसद माननिय मिना यादवको पहलमा दजनौं योजना रेडबुकमा समावेश ।।

newsdesk


सर्लाही — सर्लाही क्षेत्र नम्बर ४ का जनप्रतिनिधि तथा संघीय सांसद माननीय मिना यादवको विशेष पहलमा यसपालिको संघीय बजेटमा ९रेडबुक० विभिन्न महत्त्वपूर्ण पूर्वाधार विकास योजनाहरू समावेश गरिएको छ। यसले क्षेत्रका बासिन्दाहरूमा आशा र उत्साहको नयाँ किरण दिएको छ।


सांसद यादवको पहलमा विनियोजित मुख्य योजनाहरू यसप्रकार छन्स्


रामनगर गाउँपालिका वडा नं। ५ बिर्तादेखि वडा नं। ४ सम्म कालोपत्रे पिच सडक निर्माण


रामनगर वडा नं। २ स्थित धुर्वा मूल सडकदेखि अस्पताल हुँदै बागमती बाँधसम्म सडक ढलान


बलरा नगरपालिका वडा नं। ४ मा सहरी पूर्वाधार विकास, बसपार्क निर्माण तथा व्यवस्थापन


सभागृह निर्माण, पोखरी पुनर्निर्माण तथा सौन्दर्यकरण


बलरा बजारको व्यवस्थापन र सडक बत्ती जडान


बरहथवा नगरपालिका वडा नं। १५ स्थित उप(स्वास्थ्य चौकी बिपराभितादेखि बसबरिया गाउँपालिका मानपुरसम्म कालोपत्रे सडक निर्माण


सांसद यादवले क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिँदै संघीय सरकारमा निरन्तर आवाज उठाउँदै आउनुभएको थियो। उहाँको यही प्रतिबद्धता र सक्रियताका कारण सर्लाही क्षेत्र–४ का बासिन्दाले प्रत्यक्ष रूपमा लाभ पाउने गरी विभिन्न योजना स्वीकृत भएका हुन्।


स्थानीय बासिन्दाहरूले सांसद यादवप्रति आभार व्यक्त गर्दै भनेका छन्, ूहामीले धेरै समयदेखि पर्खेको सडक, स्वास्थ्य र बजार सुधारको सपना अब पुरा हुने आशा जागेको छ।ू


यसअघि पनि सांसद यादवले गाउँगाउँमा पुगेर जनताको आवाज सुनेर नीति निर्माणमा प्रतिबद्धता देखाउँदै आएकी थिइन्।


अब अपेक्षा गरिएको छ कि बजेट विनियोजनसँगै ती योजनाहरू समयमै कार्यान्वयनमा आउनेछन् र सर्लाही–४ विकासको उदाहरणीय नमुना बन्नेछ।

प्रतिक्रिया