हरिवन–२ को श्री राम अवतार माविमा सर्वसम्मत व्यवस्थापन समिति गठन

newsdesk


राम विश्वास कुशवाहा, सर्लाही, हरिवन — श्री राम अवतार जनता माध्यमिक विद्यालय मा नवगठित विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। समितिको अध्यक्षमा श्री चक्र बहादुर ठोकर चयन हुनुभएको छ।

नव निर्वाचित अध्यक्ष ठोकरको नेतृत्वमा सम्पूर्ण पदाधिकारीहरू सर्वसहमतिको आधारमा चयन भएको विद्यालय स्रोतले जनाएको छ। स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त चयन प्रक्रियाले विद्यालयको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमा शैक्षिक क्षेत्रको अग्रणी संस्थाका रूपमा स्थापित यस विद्यालयले विगतदेखि नै गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विद्यालयको शैक्षिक उपलब्धि र सामाजिक योगदानप्रति स्थानीय समुदायले उच्च प्रशंसा व्यक्त गर्दै आएको छ।

नव निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सरोकारवालाहरूले भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले विद्यालयको शैक्षिक स्तर अझ उकास्न र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन नयाँ समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया