बलराका डुमरियामा नगरप्रमुख कुशवाहाद्वारा विज्ञान प्रयोगशालाको उद्घाटन,

newsdesk

बलरा, सर्लाही ।। बलरा नगरपालिका–७ स्थित श्री नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माध्यमिक विद्यालय, डुमरियामा विज्ञान प्रयोगशालाको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। २०८२ साल श्रावण ९ गते, शुक्रबारका दिन आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहा को करकमलबाट औपचारिक रूपमा प्रयोगशालाको उद्घाटन गरिएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकगण, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि र शिक्षाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगरप्रमुख कुशवाहाले विज्ञान शिक्षालाई व्यवहारिक र अनुसन्धानमूलक बनाउन विद्यालयस्तरमै यस्तो प्रयोगशालाको स्थापना हुनु प्रशंसनीय पहल भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि शिक्षा पूर्वाधारको विकास तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

विद्यालय परिवारले नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै प्रयोगशालाको प्रभावकारी उपयोगमार्फत विद्यार्थीको शैक्षिक स्तर उकास्न लागि पर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया