कुशवाहा समाजको अगुवाइमा सर्लाहीमा Gen-Z सहिदप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

newsdesk

राम विश्वास कुशवाहा,सर्लाही हरिवन। नेपाल कुशवाहा कल्याण समाजका निवर्तमान धारटोल वडाध्यक्ष श्री धर्मनाथ कुशवाको अगुवाइमा हरिवन नगरपालिका–३, धारटोलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। प्रारम्भमै धर्मनाथ कुशवाहाले सहिदप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै सहानुभूति प्रकट गरे। उनले आन्दोलनमा देखाइएको बलिदानलाई ऐतिहासिक एवं राष्ट्र निर्माणको आधारशिला सावित हुने उल्लेख गर्दै उपस्थित सबैलाई धन्यवाद  ज्ञापन गर्नुभयो।

कुशवाहा बुद्धिजीवी समाज सर्लाहीका जिल्ला अध्यक्ष श्री रामविश्वास कुशवाहाले उद्घोषण गर्दै कार्यक्रमलाई औपचारिक रूपमा प्रारम्भ गरेका थिए। त्यसपछि एक मिनेट मौन धारण गरी सहिदहरूको सम्झनामा सम्मान अर्पण गरिएको थियो।

कार्यक्रममा सम्पूर्ण युवा तथा गाउँवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सहिदहरूको बलिदानलाई सम्झिँदै आगामी दिनमा न्याय र समानतामूलक समाज निर्माणको यात्रामा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाए।

श्रद्धाञ्जली कार्यक्रमले गाउँमा ऐक्यबद्धता र जनचेतनाको सन्देश दिएको सहभागीहरूले बताएका छन्। उनीहरूको भनाइमा, कार्यक्रममा सहिद परिवारप्रति सहानुभूति र माया प्रकट हुनुका साथै आन्दोलनप्रतिको समर्थन स्पष्ट देखिएको छ।

प्रतिक्रिया