दिनदहाडै मोटरसाइकलमै ओभरलोड तस्करी, प्रहरी भने असुलीमै व्यस्त

newsdesk

दर्जनौँ चेकपोस्ट र प्रहरी चौकी पार गरेर बरहथवा पुग्छ तस्करीको सामान

सर्लाही। भारत संग जोडिएका सर्लाही जिल्लाको सीमानाकामा बाक्लो सुरक्षाकर्मीहरुको उपस्थिति रहेपनि राजस्व छलेर अबैध सामानहरुको ओसारपसार गरी तस्करी कार्य निर्वाध रुपमा जारी रहेका छन् ।

स्थानीय स्रोतका अनुसार, चाँडपर्वको मौका छोपेर अबैध रुपमा तस्करी कार्य संचालन गर्दै आएका गिरोहहरु सिसौटिया देखी बंंगल्वा सडकखण्ड अन्तर्गत नहर चौक भएर दर्जनौँ मोटरसाइकलमा तस्करीका ओभरलोड सामान दिनदहाडै बरहथवा र आसपासका बजार सम्म जाने गरेका हुन् ।

मधुवनी र छतौना सिमाबाट ल्याइएका सामानहरू सिसौटिया, हरकठवा, बसबरिया स्थित सशस्त्र प्रहरीको बेश क्याम्प पार गर्दै हिरापुर र अन्य चोर बाटो हुँदै बरहथवा पुग्ने गरेको श्रोतले बतायो ।

बलरा नगरपालिका अन्तर्गत पर्ने छतौनाको शेढवा छन्की भएर तस्करी को माध्यमबाट आएका सामानहरू महिनाथपुर हुँदै बागमती पुल पार गरी रौतहटको माधोपुर, धरमपुर, समनपुर र गरुडा सहितका विभिन्न स्थानहरुमा सजिलै संग पुग्ने गरेका छन् ।

सुरक्षाकर्मीको उपस्थितिमा खुला तस्करी

सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी गुल्म (डीएसपीको कमान्डमा), सिमाप्रहरी चौकी सिमरा, गोडैता प्रहरी चौकी, बसबरिया सशस्त्र बेश क्याम्प, हिरापुर प्रहरी चौकी र सुन्दरपुर चौहर्वा सशस्त्र बेश क्याम्प सक्रिय रहँदा समेत तस्करी नियन्त्रण गर्न  नसक्नु जस्ता कार्यबाट ति निकाय माथि गम्भीर प्रश्न खडा भएको छ ।

स्थानीयवासीले प्रहरी प्रशासनमाथि दोहोरो व्यवहारको आरोप लगाउने गरेका छन् । सर्वसाधारण नागरिकले सीमा नजिकैको घरसम्म पुग्दा दिनमै तीनपटक चेकजाँच सामना गर्नु पछि पर्दैनन सशस्त्र प्रहरी, सिमाप्रहरी, र नजिकैको प्रहरी चौकीहरु अनावश्यक रुपमा सर्वसाधारणलाई दुख दिने तथा कारोवारीलाई सहजता प्रदान गर्ने कार्यबाट स्थानीय बासिन्दाहरु सुरक्षामा तैनाथ सुरक्षाकर्मी माथि प्रश्न तेश्रयाएको छ ।

तर तस्करीमा संलग्न मोटरसाइकलहरू भने दर्जनौँ चेकपोस्ट पार गरेर सहजै बरहथवा वा आसपासका क्षेत्रसम्म मज्जाले पुग्ने गरेका छन् । एक स्थानीयले भने, “प्रहरी सेटिङ विना यति ठूलो मात्रामा तस्करी सम्भव नै छैन ।”

दर्जनौँ चेकपोस्ट र प्रहरी चौकी पार गरेर बरहथवा पुग्छ तस्करीको सामान

भारत–नेपाल सीमामा बाक्लो सुरक्षाकर्मीको उपस्थिति हुँदाहुँदै पनि सर्लाहीको सीमावर्ती क्षेत्रमा दिनदहाडै तस्करी हुने गरेको तथ्य खुलेको छ ।  सिसौटियाबाट बंगल्वा जाने सडक खण्ड अन्तर्गत नहर चौक नजिक करिब आधा घण्टामै दर्जनौं मोटरसाइकलमा ओभरलोड सामान खुलेआम गुडिरहेको देखिएको प्रमाण फेला परेको छ ।

ति मोटरसाइकलहरू भारतीय नाका सिमरा फेन्हरा हुँदै बत्रौल, गोडैता, सिसौटिया, बसबरिया, बंगलवा, हिरापुर भएर बरहथवा सम्म पुग्ने गरेका छन् ।

“दिनदहाडै खुलेआम तस्करी हुन्छ, रातको अँध्यारोमा त झन् कति हुन्छन् भन्ने हिसाबै छैन,” एक स्थानीयले बताए ।

तस्करीमा प्रायः भारतीय बजारतर्फबाट ल्याइने दैनिक उपभोग्य सामग्री, लत्ता–कपडा, किराना सामग्री, चिनी, भुजाको पाकेट, विभिन्न हरियो तरकारी, दमकल तथा मोटरसाइकलका पार्टपुर्जा, ब्याट्री र भारतीय मिडिसिन लगायतका सामाग्री निर्वाध रुपमा तस्करी हुँदै आएका छन । नेपालबाट चाईनिज स्याउ, चाइनिज इलेक्ट्रोनिक समान, नेपाली रक्सी भारतमा तस्करी हुँदै आएका छन ।

स्थानीय बजारमा भारतीय सामानको प्रभुत्व

घरेलु उद्योग र व्यवसायमा प्रतिस्पर्धात्मक क्षमताको ह्रास भईरहेको व्यापारीहरू पिडित बनेको छ । साँठगाँठ हुदै आएको तस्करीले वैध व्यवसायलाई नै संकटमा पारेको गुनासो गरेका छन्।

सर्लाहीको सीमावर्ती सडकमार्गमा दिनदहाडै हुने तस्करी र प्रहरी प्रशासनको मौनताले गम्भीर प्रश्न खडा गरेको छ ।

दर्जनौँ प्रहरी चौकी र बेशक्याम्पहरूको उपस्थितिमा समेत तस्करी नियन्त्रण हुन नसक्नु केवल सुरक्षाकर्मीको भूमिका माथि मात्र होइन, सम्पूर्ण राज्य संरचनामाथि नै शंका उत्पन्न गर्ने अवस्था बनेको छ ।


प्रतिक्रिया