सर्लाही । सर्लाही क्याम्पसका स्ववियु सभापति सुजित कुमार यादव आज सदरमुकाम मलंगवामा भएको Gen Z आन्दोलनको क्रममा घाइते भएका छन्। आन्दोलनकै बीचमा भएको घटनामा यादवको टाउको र कम्मरमा चोट लागेको बताइएको छ।
उनी हाल मलंगवास्थित जानकी हेल्थ केयरमा उपचाररत छन्। स्वास्थ्यमा सुधारको अपेक्षा गर्दै शुभेच्छुकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
२३ भदौ २०८२, मङ्गलबार ०६:५५ मा प्रकाशित