डा. राजेश्वर कुशवाहाको पहलमा झुल, क्यालेण्डर र ह्विलचेयर वितरण

newsdesk

बरहथवा, सर्लाही, जेठ २९ – सामाजिक सेवामा क्रियाशील डा. राजेश्वर कुशवाहाको विशेष पहलमा बरहथवा नगरपालिकाका ४०० परिवारलाई झुल (मच्छरदानी), २०८२ सालको क्यालेण्डर तथा २ जना फरक क्षमताका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ।

सुशासन पाठशाला, बरहथवा–६, सर्लाहीको आयोजनामा र श्री सत्य साई सेवा सङ्गठन नेपालको सहयोगमा आयोजित उक्त वितरण कार्यक्रम प्याराडाइज पार्टी प्यालेस, बरहथवा–६ मा सम्पन्न भएको हो।

कार्यक्रममा डा. कुशवाहा स्वयं संयोजक तथा कार्यक्रम प्रस्तुतकर्ता समेत रहे।

उनले समाजका वञ्चित, दलित, एकल महिला, मुसहर, कुशवाहा र फरक क्षमताका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले कार्यक्रमको नेतृत्व गरेका थिए।

कार्यक्रमका सभापति सुशासन पाठशालाका उपसभापति सुबोध वाग्ले थिए।

कार्यक्रमका प्रमुख अतिथि श्री सत्य साई सेवा सङ्गठनका मधेस प्रदेश अध्यक्ष जीवन चौरसिया, विशिष्ट अतिथि बरहथवा नगरपालिकाका मेयर कल्पना कुमारी कटुवाल र सत्य साई सेवा सङ्गठनका सेवा संयोजक सम्भु प्रसाद सुनार रहेका थिए ।

कार्यक्रममा ४०० वटा झुल, ४०० वटा क्यालेण्डर र २ वटा ह्विलचेयर वितरण गरिएको थियो।

स्वागत मन्तव्य सुशासन पाठशालाका सल्लाहकार मो. जुनैद रिजवीले राखेका थिए।

समाजसेवाको भावनासहित अगाडि बढेको यो कार्यक्रम डा. कुशवाहाको सामाजिक उत्तरदायित्वप्रतिको सक्रियता र प्रतिबद्धताको उदाहरण भएको सहभागीहरूले बताएका छन्।


प्रतिक्रिया