सर्लाहीमा पत्रकारहरूका लागि सुनौलो सिसौट नेपालको एक दिने तालिम सम्पन्न

newsdesk


सर्लाही, मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवास्थित सुजाता होटलमा सुनौलो सिसौट नेपालको आयोजनामा एक दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वयमा र इन्टरनेशनल अलर्टको सहयोगमा सम्पन्न गरिएको हो ।

तालिममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिनुभएको थियो । उहाँले पत्रकारितामा डिजिटल प्रविधिको प्रयोग, जिम्मेवार रिपोर्टिङ र वातावरणमैत्री पत्रकारिताका पक्षमा केन्द्रित प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा एसिया डाइरेक्टर रविना श्रेष्ठ, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका पूर्व कोषाध्यक्ष विश्वनाथ ठाकुर, महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, पूर्व अध्यक्ष टंक बहादुर क्षेत्री र सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप सिंहलगायत सर्लाहीका अग्रणी सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

आयोजक संस्थाका अनुसार तालिममा ३५ जना पत्रकार तथा सञ्चारकर्मीहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया