सर्लाही – सर्लाहीको हरिपुर्वा नगरपालिकामा अज्ञात समूहले गोली हानी एक शिक्षकको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोली प्रहारबाट हरिपुर्वा नगरपालिका–५ निवासी ३६ वर्षीय रामपुकार रायको घटनास्थलमै मृत्यु भएको हो।
मृतक राय निजी विद्यालयमा अध्यापन गर्ने शिक्षक भएको प्रहरीले पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनलाई लक्षित गर्दै नजिकैबाट गोली प्रहार गरिएको देखिएको भए पनि घटनाको कारण र संलग्न व्यक्तिहरु सम्बन्धी विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।
घटनापछि प्रहरीले घटनास्थल वरिपरि खोजीकार्य तीव्र पारेको छ भने स्थानीयमा त्रास फैलिएको छ।
३० साउन २०८२, शुक्रबार ०९:२८ मा प्रकाशित