सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित उत्तर–दक्षिण सडकखण्डमा गस्तीमा खटिएको संयुक्त प्रहरी टोलीले १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
बुधबार साँझ ८:०५ बजे प्रदेश २–०२–००३ प ५३९४ नम्बरको मोटरसाइकलमा सवार दुई युवालाई शंका लागी जाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
लालबन्दी नगरपालिका–१६ परवानीपुरका दिलबहादुर वाईबाका १८ वर्षीय छोरा गब्बर वाईबा र विजय वाईबाका १९ वर्षीय छोरा दिपेश वाईबाले मोटरसाइकलको बीच भागमा लुकाईछिपाई ल्याएको अवस्थामा गाँजा बरामद भएको हो।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
१२ जेठ २०८२, सोमबार ०८:४८ मा प्रकाशित