गोडैता, २२ असोज — सर्लाहीको गोडैता नगरपालिका–७ का वडाअध्यक्ष छोटेलाल भन्ने बिनेशकुमार दासलाई प्रहरी कुटपिट र प्रहरी चौकीमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको छ।
सर्लाही जिल्ला अदालतले दासविरुद्ध कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रोको अभियोगमा प्रहरीले थप अनुसन्धान गर्न ३ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।
वडाअध्यक्ष पक्राउको विरोधमा स्थानीयहरूले आज गोडैता बजार बन्द गराएका थिए।
२१ असोज २०८२, बुधबार ११:२३ मा प्रकाशित