मलंगवा । प्रेस मञ्च नेपाल सर्लाहीको दोस्रो जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।
नव–निर्वाचित कार्यसमितिको अध्यक्षमा कृष्ण सिंह चयन भएका छन् भने महिला उपाध्यक्षमा रेखा यादव, पुरुष उपाध्यक्षमा आरोज यादव, सचिवमा सुमित महतो र कोषाध्यक्षमा गणेश चौधरी निर्वाचित भएका छन्।
अन्य पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गर्दै जाने अध्यक्ष सिंहले बताएका छन्। उनले नयाँ नेतृत्वले पत्रकारहरूको पेशागत हकहित, अधिकार संरक्षण र जिल्लामा सञ्चार माध्यमको मजबुतिकरणका लागि योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।
१४ भदौ २०८२, आईतबार ११:०५ मा प्रकाशित