सर्लाहीको संग्रामपुरमा ३१ किलो गाँजा सहित एक भारतीय नागरिक पक्राउ

trinetraexpress


सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित आप बगैचाबाट लागू औषध गाँजा सहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय संग्रामपुरका प्रमुख प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) अजय बहादुर क्षेत्रीको कमाण्डमा खटिएको गस्ती टोलीले सोमबार राति करिब १०:३० बजे भारततर्फ जाँदै गरेका एक व्यक्तिलाई शंका लागेपछि रोकेको थियो।

प्रहरीले रोकेर जाँच गर्दा सितामढी जिल्ला, थाना बेला पिपरा प्रसायन ग्राम मुजेलिया–७, भारतका ६० वर्षीय इजरायल अन्सारीले बोकेको दुईवटा बोरा भित्र रातो प्लास्टिकमा बेरिएको अवस्थामा ६ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल ३१ किलो २१७ ग्राम रहेको छ।

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट १६ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया