शरीरमा आगो लगाएको अवस्थामा रुबि साह हत्या अभियुक्त पक्राउ

newsdesk

रौतहट — रुबि साहको हत्या गरी सुटकेशमा फाल्ने अभियुक्त रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरका स्थानीय लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ।


बुधबार माधोपुरदेखि पश्चिम नहरको बाटोमा शरीरमा आगो लगाएको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पासवानलाई तत्काल उपचारका लागि सदरमुकाम गौर लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।


प्रतिक्रिया