नेपाल–भारत सीमामा संयुक्त सीमा गस्ती सम्पन्न

newsdesk

सर्लाही । मिति २०८२/१०/२४ गते दिउँसो करिब १२ः०० बजेको समयमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा नं. १ र २ अन्तर्गत पर्ने दशगजा क्षेत्रमा नेपाल–भारत संयुक्त सीमा गस्ती गरिएको छ।

ईलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुशिल रावलको कमाण्डमा ४ जना, बीओपी संग्रामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रदिप पनेरुको कमाण्डमा ७ जना तथा भारतीय सशस्त्र सीमा बल (SSB) ५१ बटालियनका इन्सपेक्टर राहुल सिंह ढाकाको कमाण्डमा ५ जना गरी संयुक्त टोली परिचालन गरिएको थियो।

संयुक्त टोलीले नेपाल–भारत सीमामा पर्ने पिलर नं. ३१७/३ देखि पिलर नं. ३१८/२३ सम्म गस्ती गरेको थियो। सीमा सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले गरिएको उक्त संयुक्त गस्ती दिउँसो १३ः०० बजे सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया