सर्लाही जिल्लामा यूवा प्रतिभा तथा वैज्ञानिक पहिचान र प्रोत्साहन कार्यक्रम अन्तरगत विज्ञान प्रदर्शनी कार्यक्रम मिति २०८२÷३÷२० गते देखी २२ सम्म ३ दिन जनज्योती मा.वि. लालबन्दीमा सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई विद्यालय स्तरमै वैज्ञानिक उपकरण र विचारको प्रोत्साहन गराउने, विद्यार्थीहरुवाट तयार पारिएका वैज्ञानिक उपकरण तथा सामग्रीहरु सार्वजनिक रुपमा प्रदर्शन गर्न लगाउने र विद्यार्थीहरुमा वैज्ञानिक सोचको विकास गराउने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको थियो ।
शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेश जनकपुरधामका सहयोगमा मुनाल सामुदायिक संस्था, बरहथवाको आयोजनामा संचालन गरिएको सो कार्यक्रममा सर्लाही जिल्ला भित्रका विद्यार्थी, शिक्षक प्रतिनिधि, निर्णायक तथा प्रशिक्षक समेत गरि ९० जनाको उपस्थिती रहेको थियो ।
लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीज्यूको प्रमुख आतिथ्यमा उद्घाटन भएको सो कार्यक्रममा ३०० जना भन्दा वढि जिल्ला भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले विज्ञान प्रदर्शनीको अवलोकन गरेको कार्यक्रम व्यवस्थापकले जानकारी दिए ।
उक्त कार्यक्रममा निर्णायक समितिवाट सहभागी भएका विद्यालयहरु मध्ये महादेव जनता मा.वि. हरिवनलाई प्रथम, जनज्योती मा.वि. लालबन्दीलाई दोस्रो तथा दुर्गा जनता मा.वि. धनकौललाई तेस्रो भएको निर्णय गरिएको थियो ।
पहिलो, दोस्रो र तेस्रो हुनेलाई शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरिएको थियो भने अन्य सवै सहभागी विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरिएको थियो ।