मलंगवा जुनियर जेसिसले बालमन्दिरका बालबालिकासंग होली मनाए

newsdesk


मलंगवा (सर्लाही), — मलंगवा जुनियर जेसिजले बालमन्दिरको प्राङ्गणमा होली मिलन कार्यक्रम आयोजना गरी त्यहाँ आश्रित बालबालिकासँग रंग, अबिर र खाजासहित हर्षोल्लासका साथ फागु पर्व मनाएको छ।

कार्यक्रमअन्तर्गत बालबालिकालाई भेष्ट, अबिर तथा खाजा वितरण गरिएको थियो। त्यसपछि उनीहरूसँग रमाइलो वातावरणमा होली खेलिँदै उत्सव मनाइएको थियो। यस अवसरमा मलंगवा जेसिजका पदाधिकारी तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो।

जुनियर जेसिजकी अध्यक्ष ऋतिका मिश्राले यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने बताउँदै अनाथ तथा आश्रित बालबालिकाले अभिभावकको कमी महसुस नगर्न, पर्वका बेला उनीहरूको उत्साह बढाउन र अपनत्व कायम गराउन कार्यक्रम आयोजना गरिएको स्पष्ट पारिन्।

कार्यक्रममा मलंगवा जेसिजतर्फ अध्यक्ष सुवेश सागर श्रेष्ठ, उपाध्यक्ष सुभाष गुप्ता, अविनाश श्रेष्ठ, मनीष जैसवाल, सह–सचिव सुदीप चौधरी तथा वर्ष २०२५ का अध्यक्ष प्रवीन गुप्तालगायतको उपस्थिति रहेको थियो। त्यसैगरी, जुनियर जेसिजतर्फ अध्यक्ष ऋतिका मिश्रासहित सम्पूर्ण बोर्ड सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक जुली कर्णले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइन्। साथै, मलंगवा जुनियर जेसिजका पूर्व अध्यक्ष प्रिन्स गुप्ताका अनुसार कार्यक्रममा किरण रानाभट्टलगायत अन्य सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।



प्रतिक्रिया