सर्लाही, ३१ असोज। सर्लाहीमा १६ वर्षअघि भएको कर्तव्य ज्यान र डाँका ९लुटपाट० सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा फरार अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका–६ का २५ वर्षीय महेन्द्र राय रहेका छन्। उनी सोही ठाउँका ठगा रायका छोरा हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०६३ साल माघ ७ गते बेलुकी करिब ७स्३० बजे सर्लाहीको जमुनिया गाविस ९हाल कबिलासी–६० स्थित मदनपुर टोलमा राजेन्द्र प्रसाद चौधरीको गोली प्रहार गरी हत्या गरिएको थियो।
राजेन्द्र चौधरी आफ्ना छोरा सन्तोष चौधरीले चलाएको मोटरसाइकलमा घर फर्कँदै गर्दा बाटोमा रोकिएका रायसहितका समूहले चौधरीको गोजीमा रहेको रु। १६ हजार लुटपाट गरी गोली प्रहार गरेका थिए।
मृतकका छोरा सन्तोष कुमार जयसवाल ९हाल चक्रघट्टा गाउँपालिका–१० ले भोलिपल्ट अर्थात् २०६३ माघ ८ गते किटानी जाहेरी दर्ता गराएका थिए।
पक्राउ परेका महेन्द्र रायलाई २०८२ असोज ३१ गते दिउँसो करिब २ बजे नियन्त्रणमा लिइएको र उनीमाथि ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।