कुशवाहा बुद्धिजीवी सेवा समाज सर्लाहीको बैठक सम्पन्न

newsdesk


सर्लाही, मलङ्गवा — कुशवाहा बुद्धिजीवी सेवा समाज जिल्ला समन्वय समिति सर्लाहीको बैठक समितिका अध्यक्ष श्री राम विश्वास कुशवाहाको अध्यक्षतामा मलङ्बा कुशवाहा धर्मशालामा सम्पन्न भएको छ।

बैठकमा आमन्त्रित अतिथिका रूपमा समाजका वरिष्ठ नेता श्री लक्ष्मण कुशवाहा तथा समाजका सर्लाही जिल्ला सचिव एवं प्राध्यापक श्री वीरेन्द्र कुशवाहाज्यूले सम्बोधन गर्नुभएको थियो। उहाँहरूले समाजको एकता, शिक्षा विकास र सामाजिक सशक्तीकरणका विषयमा महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको थियो।

त्यसैगरी बैठकमा बुद्धिजीवी समाजका सर्लाही जिल्ला सचिव तथा मावि प्रधानाध्यापक श्री जवाहरलाल कुशवाहा, वरिष्ठ समाजसेवी तथा कर्मचारी श्री पवन कुशवाहा, समाजका सहसचिव जितेन्द्र कुशवाहा, श्री चन्द्रभूषण कुशवाहा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले समाजको वर्तमान अवस्था, आगामी योजना तथा समन्वयलाई प्रभावकारी बनाउने विषयमा आफ्ना विचार राख्नुभएको थियो।

बैठकले समाजको संगठन सुदृढीकरण, शैक्षिक तथा सामाजिक गतिविधिलाई थप सक्रिय बनाउने र समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित विभिन्न निर्णयहरू समेत गरेको जनाइएको छ।

प्रतिक्रिया