जेएन जी आन्दोलनमा दमन : मानव अधिकार रक्षक सञ्जालको गम्भीर चिन्ता

newsdesk


मलंगवा (सर्लाही), भदौ २४ । जेएन जी नयाँ पुस्ताले सञ्चालन गरेको आन्दोलनमा राज्यका सुरक्षा निकायले गरेको अत्याधिक बल प्रयोगबाट सयौँ नागरिक घाइते हुनुका साथै दुई दर्जनभन्दा बढीको ज्यान गएको घटनाप्रति मानव अधिकार रक्षक सञ्जाल, सर्लाहीले गम्भीर चिन्ता व्यक्त गरेको छ।

सञ्जालका अध्यक्ष मुकेश कुमार मिश्रले सोमबार जारी विज्ञप्तिमा आन्दोलनकारीलाई नियन्त्रण गर्ने नाममा भएको दमन, गिरफ्तारी र बल प्रयोग लोकतान्त्रिक अधिकार तथा मानव अधिकारको ठाडो उल्लङ्घन भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, गिरफ्तार गरिएका व्यक्तिहरूलाई तत्काल रिहा गर्नुपर्ने तथा दोषी सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ।


यस्तै, आगामी दिनमा सरकारले दमनको बाटो छोडी संवाद र समाधानको मार्ग अवलम्बन गर्नुपर्ने सञ्जालले आग्रह गरेको छ।


प्रतिक्रिया