गोडैता र बलरा नगरपालिकामा ४५० बालबालिकालाई शैक्षिक सामग्री सहयोग

trinetraexpress

सर्लाही । गोडैता र बलरा नगरपालिकामा सञ्चालित सम्मुनती परियोजना अन्तर्गत ४५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, मलङ्गवा सर्लाहीले सञ्चालन गरेको सो परियोजनामार्फत अपाङ्ग, अतिपिपन्न, गरिब तथा असहाय बालबालिकालाई सहयोग गरिएको हो।

सहयोग सामग्रीमा प्रत्येक बालबालिकालाई एक थान ब्याग, एक सेट कपडा, कापी, कलम, टिफिन, पानीको बोतल, जुत्ता र मोजा उपलब्ध गराइएको छ।


प्रतिक्रिया