बलरामा नेपाल-भारत विकास मञ्चद्वारा नि:शुल्क स्वास्थ्य शिविर तथा झुल वितरण

newsdesk

बलरा, सर्लाही । नेपाल-भारत विकास मञ्चद्वारा सर्लाहीको बलरा नगरपालिका–१, हथिऔलमा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल-भारत विकास मञ्चको आयोजनामा आयोजित कार्यक्रममा स्थानीय गरिब तथा दलित समुदायलाई लक्षित गर्दै स्वास्थ्य परीक्षण, औषधि वितरण र लामखुट्टेको संक्रमणबाट बच्न झुल वितरण गरिएको हो। कार्यक्रमको अध्यक्षता मञ्चका केन्द्रिय अध्यक्ष रामकिशोर सिंहले गरेका थिए भने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख कौशल किशोर सिंह सहभागी थिए।

कार्यक्रमका अध्यक्ष सिंहका अनुसार, "बलराका गरिब तथा दलित बस्तीका नागरिकहरूको स्वास्थ्यमा ध्यान दिँदै नि:शुल्क स्वास्थ्य सेवा र झुल वितरण गरिएको हो।" उनका अनुसार, २००० भन्दा बढी व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै करीब १२०० झुल वितरण गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैद्य, नेपाली कांग्रेसका उपसभापति डा. सरोज यादव, स्थानीय समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, राजनीतिकर्मी लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया