सर्लाही । सर्लाहीको गोडैता नगपालिकाले ९१ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेका छन ।
नगरपालिकाको नगरस्तरिय योजनाबाट अन्दाजी ७ लाखको लागतमा नगरका १३ स्वास्थ संस्थामा कार्यरत महिला स्वयमसेविकालाई साइकल वितरण गरिएको गोडैता नगरपालिकाका स्वास्थ्य शाखाले जनाएका छन ।
आज एक कार्यक्रमका बिच गोडैता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद पण्डितले सिमरा भगवतीपुरस्थित स्वास्थ्य चौकी अन्तर्गत वितरण गर्न बाँकी रहेका तीन जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेका छन ।
यसअघि माघ १८ गते नगरपालिकाले एक कार्यक्रम आयोजना गरी ८८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिसकेको थियो।
पछिल्लो वितरण सहित जम्मा ९१ जनाले साइकल पाएका छन्। तीन स्वयंसेविकाले राजीनामा दिएपछि हालै नियुक्त भएकाहरुलाई यो साइकल प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत पण्डितले जानकारी दिए ।
आज को साईकल वितरण समारोहमा स्वास्थ्य शाखाका उप प्रमुख बैजुशंकर राउत र कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।