मनिष कुमार मिश्र लोसपाको केन्द्रीय महासचिव तथा प्रवक्ता पदमा मनोनयन ।

newsdesk

काठमाडौं, २०८२ जेठ २० । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले पार्टीका नेता श्री मनिष कुमार मिश्रलाई केन्द्रीय महासचिव तथा प्रवक्ता पदमा मनोनयन गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमार्फत मिश्रलाई यो जिम्मेवारी दिइएको हो।

पार्टीको संशोधित विधानअनुसार उनलाई केन्द्रीय महासचिवसँगै प्रवक्ताको भूमिकासमेत प्रदान गरिएको जानकारी दिइएको छ। अध्यक्ष ठाकुरले मिश्रलाई मनोनयन गरिएकोमा बधाई दिँदै देश, मधेश तथा पार्टीको हितमा उनको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्।

मनिष कुमार मिश्र पार्टीभित्र सक्रिय तथा युवा नेतृत्वका रूपमा चिनिँदै आएका छन्। पार्टीको विभिन्न तह र क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएका उनले पार्टी संगठन सुदृढिकरण तथा राजनीतिक धारणा निर्माणमा प्रभावकारी योगदान दिने विश्वास गरिएको छ।

लोसपा नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा जारी पत्रमार्फत गरिएको यो निर्णयले पार्टीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया