सर्लाहीको कविलासीमा जनमत पार्टीको राष्ट्रिय समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

newsdesk

सर्लाही, कविलासी । जनमत पार्टीद्वारा कविलासी नगरपालिका–२ स्थित पिपरियामा आयोजित राष्ट्रिय समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सफलता साथ सम्पन्न भएको छ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेतादेखि कार्यकर्तासम्मको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख आतिथ्य जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले गरे।

विशिष्ट अतिथिका रूपमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ की माननीय हसिना खातुनको उपस्थिति रहेको थियो।

त्यसैगरी जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादव, पार्टीका वडाअध्यक्षहरू, स्थानीय अध्यक्षहरू तथा विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको पनि व्यापक सहभागिता रहेको थियो।

कार्यक्रममा समसामयिक राजनीतिक परिस्थितिबाट लिएर संगठन सुदृढीकरण, नीति निर्माण, निर्वाचन तयारी, र grassroots तहसम्म पार्टीको पहुँच विस्तार कसरी गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको थियो।

कार्यक्रमले पार्टी कार्यकर्ताहरूमा ऊर्जा थपेको सहभागीहरूले बताएका छन्।

जनमत पार्टीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया