प्रेमचन्द्र झा । राैतहटको माधवनारायण नगरपालिका–८ मा शुक्रबार राति करिब १२:३० बजे एक स्थानीय पुरुषले छिमेकीको घरमा प्रवेश गरी युवतीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। ३५ वर्षीय पसिन्द्र कुसवाहालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय पिपरा रजबडामा बुझाइएको छ।
पीडित पक्षका अनुसार, घटना गम्भीर भए पनि ईलाका प्रहरी कार्यालयमै सो मुद्दा लेनदेनको आधारमा मिलाउन प्रयास भइरहेको छ। पीडक पक्षले पीडित परिवारलाई आर्थिक प्रलोभन र दवाव दिँदै घटनालाई ढाकछोप गर्न खोजिरहेको स्थानियबासीले बताएका छन्।
यसैबीच, ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक महेश सिंहले घटनाबारे विस्तृत जानकारी लिन पीडितसँग सोधपुछ भइरहेको जानकारी दिएका छन्। "पीडितसँग बयान लिएपछि मात्र घटनाको वास्तविकता बाहिर आउनेछ," उनले बताएका छन्।
स्थानीयले प्रहरी प्रशासनमाथि निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।