मलंगवा, चैत २४ — माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ अन्तर्गत सामाजिक शिक्षा तथा प्राविधिकधारतर्फ ऐच्छिक गणित विषयको परीक्षा आज सर्लाहीमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
परीक्षामा सहभागी हुन फारम भरेका कुल ११ हजार ३७१ विद्यार्थीमध्ये १० हजार २८५ नियमित र १ हजार ८६ ग्रेडबृद्धिका परीक्षार्थी रहेका थिए।
आजको परीक्षामा १० हजार ४५० विद्यार्थी सहभागी भएका छन्। जसमध्ये ५ हजार २५७ छात्रा र ५ हजार १९३ छात्र रहेका छन्। त्यस्तै ९२१ विद्यार्थी अनुपस्थित रहेका छन्, जसमा ५५७ छात्रा र ३६४ छात्र रहेका छन्।
परीक्षा स्वच्छ, निष्पक्ष, मर्यादित, अनुशासित, व्यवस्थित, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ अनुसार उत्तरपुस्तिका परीक्षण तथा समपरीक्षण कार्य परीक्षा केन्द्रमै भइरहेको शैक्षिक प्रशासन शाखा प्रमुख सुनिल कुमार कुशवाहाले जानकारी दिएका छन्।