सर्लाही, २१ पुस । सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा अवैध रुपमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको ४० जनाको संयुक्त प्रहरी टोलीले लालबन्दी नगरपालिका–१४ र १५ अन्तर्गत पर्ने सिर कालिन्जोर, सिरु डाँडा, ब्लोन टोललगायत आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा फैलिएको अवैध गाँजा खेती नष्ट गरेको हो।
प्रहरीका अनुसार करिब १३ बिघा क्षेत्रफलमा लगाइएको अनुमानित करिब २ लाख गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ।
लागुऔषध नियन्त्रण तथा गैरकानुनी खेती अन्त्य गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
२० पुस २०८२, सोमबार ०८:२१ मा प्रकाशित